असोज ३ । नेकपा-माओवादीको  नेतृत्वमा रहेको ३३ दलले घोषित  निर्वाचनलाई प्रभावित पार्ने  गरी नेपाल बन्द आह्वान गरेपछि निर्वाचन आयोगले  निर्वाचन कार्य तालिका हेरफेर गरेको छ ।

 यथास्थितीमा गरिने चुनाब बहिष्कार अभियान शसक्त बनाउँदै सक्रिय रुपमा बन्द गर्ने  भएपछि  निर्वाचन आयोगले उमेद्धार मनोनयन  दर्ता एक हप्ता पछि सारेको  छ  ।

सरकार र उच्चस्तरिय  राजनितिक  आयोगको आग्रह पछि निर्वाचन आयोगले आज यस्तो निर्णय  गरेको हो।

निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचि पेश गर्न यही असोज  ७ गते र प्रत्यक्षतर्फको मनोनयनका लागि  १० गतेको दिन तोकेको  थियो । अब भने राजनीतिक दलहरुले समानुपतिक उम्मेदवारको बन्दसूची १४ गते पेश गर्नु पर्ने छ भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता १७ गतेका लागि तोकिएको छ ।  ४ मंसिरको निर्वाचनको कार्यतालिका भने यथावत नै रहेको छ ।

निर्वाचन बहिष्कार अभियानमा लागेको माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता दिनलाई प्रभावित गर्नेगरी असोज ९ र १० गते नेपाल बन्दको घोषणा गरेपछि  निर्वाचन आयोगले  आज यस्तो  निर्णय  गरेको  हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।