असोज ३ । एमालेको विद्यार्थी भातृ संगठन अनेरास्ववियुमा नयाँ नेतृत्वका लागि आजबाट राजधानीमा २१ औं राष्ट्रिय महाधिवेशन  सुरु  भएको छ ।
महाधिबेशनलाई एमाले अध्यक्ष झलनाथ खनालले उद्‌घाटन  गरेका छन् । 
काठमाडौको वाल्मिकी क्याम्पसमा महाधिवेशनको कार्यक्रम  हुने छ भने बन्द सत्र कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ ।
सम्मेलनमा देशभरीबाट  झन्डै १ हजार ५ सय बिद्यार्थी प्रतिनिधि सहभागी  भएका छन् । यिनै  प्रतिनिधि हरुले  ११ सदस्यीय पदाधिकारी सहित १ सय ३५ केन्द्रीय सदस्यको घोषण गर्ने  छ ।
 संगठनमा व्यापक  गुडबन्दीका कारणका कारण मुल नेतृत्वको  आफ्ना-आफ्ना  उमेद्धार  उठेका छन । अध्यक्ष झलनाथ खनाल  र उपाध्यक्ष वामदेव गौतमको समर्थनमा  निवर्तमान उपाध्यक्ष नविना लामा र लक्ष्मण लम्सालले अध्यक्षमा  भिड्दै  छन भने वरिष्ठ नेता माधव नेपाल र केपी ओलीको समर्थनमा  निवर्तमान महासचिव किशोरविक्रम मल्ल र उपाध्यक्ष भीम राई चुनाव लड्ने भएका छन् ।
 यस्तै महासचिवमा  पनि चारजनाको नाम  अगाडी आएको  छ  जसमा रचना खड्का, थोमस बास्तोला, दीपक गौतम र सरोज यादव रहेको बताइएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।