असोज ३ । हत्या अभियोगमा सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका एकीकृत नेकपा माओवादीका पूर्व सभासद् बालकृष्ण  ढुंगेल भोट माग्दै गाउँ पसेका छन् ।

एमाओवादीले संविधानसभा नर्वाचनका लागि ओखलढुंगा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेपछि ढुंगेल खुलेरैं भोट माग्न हिँडेका  छन् ।

यसअघि भूमिगत शैलीमा आफ्नो क्षेत्रभित्र हुने विभिन्न कार्यक्रममा संलग्न हुँदै आएका ढुंगेल यसपटक भने जिल्ला सदरमुका र आसपासका गाविसमा खुलेरै हिँड्न थालेका छन् । एमाओवादी ओखलढुंगा १ का पूर्वसभासद केशब राईलगायतका नेताकार्यकर्तासँग जिल्ला पुगेका ढुंगेललाई प्रहरी प्रशासनले खासै निगरानी नगरेको  आजको अन्नपूर्णमा खबर छ ।

एमाओवादीले निर्वाचन परिचालन समितिको संयोजक ढुंगेललाई नै बनाएको छ । ढुंगेल अहिले ‘सुदृढ संगठन व्यापक जनपरिचालन, जनताको घरदैलोमा माओवादी अभियान,’ भन्ने नारा बोकेर गाउँगाउँमा हुने कार्यक्रममा सहभागी भइरहेका छन् ।

 सर्वसाधारण नागरिक तथा अन्य दलले जन्मकैदको सजाय पाएका ढुंगेललाई प्रहरी प्रशासनले पक्राउ गरी अदालतमा बुझाउनु पर्ने बताइरहेपनि एमाओवादीले भने आगामी निर्वाचनमा टिकट दिनुपर्ने भन्दै एक नम्बरमा उनकै नाम सिफारिस गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।