Photo: File |
असोज । तितो सत्यमा श्रीमान श्रीमतीको भूमिकामा सँगसँगै देखिने दिपकराज गिरी र दिपाश्री निरौला मंगलबार पनि सँगसँगै देखिए । त्यो पनि मापसे कक्षामा ।
मादक पदार्थ सेवन गरी सवारी चलाएपछि ट्राफीक प्रहरीले उनीहरुको सवारी अनुमति पत्र (लाइसेन्स) नियन्त्रणमा लिएको थियो ।
मापसे गर्नेलाई ट्राफीकले १ घण्टा चेतनामूलक कक्षा दिएर मात्रै लाइसेन्स फिर्ता गर्ने भएकाले उनीहरु पनि उक्त कक्षा लिन बाध्य भएका हुन् । कक्षा लिएपछि १ हजार तिरेर प्वाल पारिएको लाइसेन्स उनीहरुले पाएका छन् ।
कक्षा लिएर निस्किएपछि उनीहरुले आफूहरुले कानुनको सम्मान गर्ने तर डिआइजीले आफ्नो नाम उल्लेख गरेर मिडियामा दिएको अन्तरवार्ताप्रति आपत्ति जनाएका छन् ।
दिपकराज गिरीले भने फेसबुकमार्फत मापसे गरेर ड्राइभ नगर्ने प्रतिबद्धता जनाउँदै डीआईजी केशव अधिकारीलाई टिभीमा आउन रहर भएको व्यक्तिको संज्ञा दिँदै तीतोसत्यमा अभिनयका लागि निमन्त्रण दिएका छन् ।
Comments