काठमाडौँ । विवकेशील साझा पार्टीका पूर्व संयोजक उज्ज्वल थापाको निधन भएको छ । उपचारको क्रममा मेडिसिटी अस्पतालमा मंगलबार दिउँसो उनको निधन भएको हो ।
केहीदिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोना नेगेटिभ आए पनि उनको निधन भएको हो । विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् ।