असोज  २  ।  दसैंमा  नेपाल खाद्य संस्थानले दोब्बर
खसीबोका आयात गर्ने भएको छ ।

गत वर्षको दसैंमा १ हजार ७ सय मात्रै आयात गरिए पनि यसवर्ष बर्डफ्लुका कारण कुखुराको माग घट्ने  र खसीको  माग  बढेकाले दशैमा कम्तीमा  चार हजार  खसीबोका  ल्याउने  भएको छ ।

 बर्डफु्लुले  कुखुराको  मासु बित्रिमा  ह्वात्तै  कमी  आएकाले यस पटक  खसिबोका बढि  आयात गर्नु  परेको संस्थानले जनाएको छ ।दशैमा सर्वसाधारणलाई  मासुको सहज  पहुँच र कालोबजारी लाई रोक्नलाई संस्थानले बिगतको  भन्दा बढि खसिबोका ल्याउन  लागेको बताएको छ ।

यस पटक  संस्थानले  उदयपुर  वीरगन्ज कृष्णनगर नेपालगन्ज, सुर्खेत, लगायतको स्थानबाट  खसिबोका राजधानी  ल्याउने   भएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।