काठमाडौं । सुनको मूल्‍य बिहीबार तोलामा चार सय रुपैयाँले बढेको छ ।अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्‍य बिहीबार भने चार सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्‍य ९४ हजार ९ सय रुपैयाँ तोकेको छ ।

मंगलबार र बुधबार सुनको मूल्‍य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्‍यको कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ । बुधबार मंगलबार भन्दा तोलामा १० रुपैयाँले घटेर एक् हजार तीन सय ६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।