सेयर बजारः उच्च कारोबार, २९ अंकले वृद्धि

काठमाडौं २० जेठ । सेयर बजार नेपाल स्टक एक्चेन्ज (नेप्से) मा बिहीबार उच्च रकमको कारोबार भएको छ । बिहीबार २९ अंकले बढेको सेयर बजारमा १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । यसअघि अहिलेसम्मै उच्च जेठ १६ गते १७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला