थपिए ६,८२५ जना कोरोना संक्रमित, ७५ जनाको मृत्यु

काठमाडौं २० जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला