हिजो बढेको सुनको मूल्य आज ह्वात्तै घट्यो

काठमाडौं । हिजो बढेर कारोबार भएको सुनको भाउ आज एकैदिन १ हजार ५०० रुपैयाँले घटेको छ । आज शुक्रबार चाँदीको पनि तोलामा ३५ रुपैयाँले गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ९०० र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला