काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (नेपाल) जसपाको विवादका कारण प्रदेश २ मा चार जना मन्त्री बर्खास्तमा परेका छन् । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ४ जना मन्त्रीलाई बर्खास्त गरेका हुन् । जनता समाजवादी पार्टी (जसपा) नेता समेत रहेका राउतले आइतबार पुर्व राजपा पक्षका ४ मन्त्री हटाएका हुन् । सन्तोषजनक कार्यसम्पादन गर्न नसकेको भन्दै ऊनीहरुलाइ हटाइएको हो ।

बर्खास्त हुनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा छन् । ४ जना महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका हुन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन छलफल अगाडि बढाएका हुन् । अध्यक्ष यादवको उपस्थितिमा राउतलाई पार्टीको संसदीय दलको नेतासमेत चयन गरिएको छ । यादवले कांग्रेस र माओ‍वादीलाई समेत सरकारमा सहभागी गराएर सत्ता टिकाउने प्रयास गरिरहेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।