आसोज २ । गेलाल रिसर्च ग्रुप (जिआरजीले मिडिया कभर र चर्चा तथा सर्वसाधारणमा परेको प्रभावका आधारमा दश शक्तिशाली व्यक्तिको सूची सार्वजनिक गरेको  छ । त्यसमा  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) देशकै सर्वाधिक शक्तिशाली व्यक्तिका रुपमा दरिएका छन् । 
अमेरिकाको स्टेट युनिभर्सिटी अफ न्युयोर्कसँग सम्बद्ध अध्ययन केन्द्रले गरेको अनुसन्धानमा प्रचण्ड सर्वाधिक शक्तिशाली तथा प्रभावशाली नेपालीको सूचीमा पहिलो नम्बरमा परेका  छन । 

शक्तिशाली व्यक्तिको सूचीको दोस्रो नम्बरमा पनि एकीकृत माओवादीकै नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई परेका छन् ।
देशकै कार्यकारी नेतृत्व गरिरहेका मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी भने शक्तिशाली व्यक्तिको तेस्रो नम्बरमा परेका छन् ।
 यस्तै चौथोमा राष्ट्रपति रामवरण यादव परेका छन् ।  कार्यकारी शक्ति नभए पनि नेपाली सेनाका परमाधिपति रहेका डा।यादब नेपाली कांग्रेसका महामन्त्री तथा स्वास्थ्य मन्त्रीसमेत थिए ।

राजगद्दी गुमाएका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सामाजिक गतिविधिमा सक्रिय भएर राजनीतिक व्यक्तिलाई पछि पारेका छन् । सन् २००१ देखि सात वर्ष नेपालमा राजा बनेका शाहले प्रभावशाली व्यक्तिको पाँचौ नम्बरमा छन् ।

राजनीतिक रुपमा जिम्मेवारपूर्ण भूमिकामा रहेका कांग्रेस सभापति सुशील कोइराला छैटौं र एमाले अध्यक्ष झलनाथ खनाल सातौं स्थानमा छन् । आठौं नम्बरमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादब परेको  छन ।

दश शक्तिशाली व्यक्तिको अन्तिम दुईमा भने व्यापारिक करोडपतिहरु परेका छन् । रसियामा व्यापार साम्राज्य नै खडा गरेका उपेन्द्र महतो नवौं र फोब्र्स पत्रिकाको अर्वपति सूचीमा परेका विनोद चौधरी शक्तिशाली तथा प्रभावशाली व्यक्तिको सूचीमा दशौं स्थानमा परेको नयाँ पत्रिकामा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।