दिप बहादुर घर्ति/जाजरकोट
असोज १ । आफु भन्दा १४ बर्ष जेठी परस्त्री ( अर्काकी श्रीमती ) सँग विवाह गर्न नपाएको निहुँमा  जाजरकोटका एक युवकले आत्माहत्या गरेका छन् ।

सीमा ९ का २४ बर्षिय उदय परियारले स्थानिय बजारमा पसल गरी बस्ने सल्यान बामेकी ३८ बर्षिय विर्मी नेपाली सँग बिहे गर्न नपाएको आवेगमा घर नजिकैको रुखमा झुण्डिएर आत्माहत्या गरेको स्थानिय पुर्णबहादुर महताराले बताए ।
     विर्मीका पति केही समय अघि कमाई गर्न विदेश गएका छन् । पति विदेश गएको मौका छोपेर उनीहरुको प्रेम सम्वन्ध झाँगिदै गएको थियो ।  उदयले विम्रीलाई भगाएर  भारत (कालापार) जाने योजना बनाएका थिए  ।
स्थानियले नजिकै रहेको सुर्खेतको राकम स्थित ईलाका प्रहरी कार्यालयमा उक्त कुराको जानकारी गराईदिएपछि उनको भाग्ने योजना सफल हुन सकेन । विर्मीलाई लिएर भारत तिर भाग्ने उनको योजना सफल नभएपछि उदयले आत्माहत्या गरेको  महताराले बताए । उदयका २ छोरा र एक छोरी छन् । उदयकी श्रीमति २१ दिन कि सुत्केरी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।