बाढीपीडित र प्रहरीबीच दार्चुलामा झडप

असोज १ ।  दार्चुलामा बाढीपीडित र प्रहरीबीच झडप भएको छ ।

महाकाली बाढी पीडितहरुले निर्वाचन कार्यालयमा तालाबन्दी खोजेपछि दार्चुला सदरमुकाममा झडप भएको हो ।

झडपलाई नियन्त्रण लिन प्रहरीले अश्रृग्यास समेत हानेको छ भने झडपका क्रममा प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द, बाढीपीडित तथा नेकपा मालेका जिल्ला संयोजक मानबहादुर बम र ठगुवा ठगुन्ना घाइते भएका छन् ।

सरकारले तीन महिनासम्म राहात र पुर्नस्थापनामा चासो नदेखाएको भन्दै बाढीपिडितहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।