काठमाडौं । साताकाे पहिलाे दिन आज आइतबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार छापावाल सुनको भाउ तोलाको ९० हजार ५०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार सुनको भाउ स्थिर रहेको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।