भदौ ३१ । नेकपा–माओवादी सहित ३३ दलीय मोर्चालेका कारण पश्चिमाञ्चल र राप्ती बन्दको कारण त्यस क्षेत्रको जनजीवन बिहानैबाट प्रभावित बनेको छ ।
बन्दका कारण पश्चिमाञ्चलका क्षेत्रको तनहुं, स्याङजा,पोखरा नवलपरासी, गोरखा, रुपन्देही, कपिलवस्तुलगायतका जिल्ला र राप्तीका दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यानमा यातायात, बजार र शैक्षिक संस्था उद्योग धन्दा ठप्प रहेका छन् ।
मोर्चाले रेग्मी सरकार गठनमा भएको सहमति खारेज गर्नुपर्ने र गोलमेचबाट निकास हुनु पर्ने , संधिधानसभाको निर्वाचन बहिस्कारको माग गर्दै बन्द आह्वान गरिएको नेकपा मओवादीले जनाएको छ
यसै गरी बन्दकर्ताले विभिन्न जिल्लामा केही सवारी साधन नियन्त्रणमा लिएर राखेको बताएका छन ती सवारी साधनलाई साँझ ५ बजे बन्द खुलेपछि छोडिने नेकपा माओवादीले जनाएको छ ।