काठमाडौं २० असार । कोरोना नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकामा झण्डै दुई महिनादेखि लगाएको निषेधाज्ञा खुकुलो बनाउँदै सवारी साधनमाथिको जोर बिजोर प्रणाली हटाएको छ । स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्ने गरी काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सबै प्रकारका सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले २२ असारदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको जनाइएको छ । अब सबै निजी तथा सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने भएको छ । यसअघि, सरकारले १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएर अत्यावश्यकबाहेक सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।