काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरेको हो । नेपाल प्रहरीमा केही दिन मात्र एआईजी पदका लागि एक जनाको दरबन्दी थप गरिएको थियो । अहिले प्रहरीको एआईजी विश्वराज पोखरेल मात्र रहेका छन् । अब थापाको बढुवासँगै अब प्रहरी महानिरीक्षको प्रतिस्पर्धामा दुई जना उत्रिएका छन् ।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका सहसचिव कृष्णहरि पुस्करलाई पनि सचिवमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिले बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम पठाएकोमा पहिलो नम्बरमा रहेका पुस्कर सचिवमा बढुवा भएका हुन् । समितिले पुस्करसँगै खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सिफारिस गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।