भदौ ३० । दुई छोरी र एक छोरालाई काठमाण्डौंमै छोडेर पूर्वयुवराज्ञी हिमानी शाह पूर्वयुवराज पारसलाई भेट्न बैंकक पुगेकी छन् ।
करिब दश दिनसम्म हिमानी बैंककमा बस्ने बताइएको छ ।
बैंककमा उत्रेपछि उनी सरासर पारस बसेको ठाउँ च्यानचाई सुधार केन्द्र पुगेको नयाँ पत्रिकाले खबर छापेको छ ।
पूर्वयुवराज पारसले आगमी दसैंअघि नै काठमाणडौं फर्कने सोचाइ बनाएको बताइएको छ ।
दसैंअघि नै काठमाण्डौं फर्कन उनले काठमाडौंमा रहेको बाबुआमालाई खबर पठाइसकेको छन् ।





