भदौ ३० । मूल्य बृद्धि फिर्ताको माग गर्दै आजदेखि ३ दिन देशभरका पेट्रोलपम्प बन्द गरिने भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा चरणबद्ध आन्दोलन १५ वटा विद्यार्थी संघसंगठनले आइतबारदेखि ३ दिनसम्म देशभरका पेट्रोलपम्प बन्द गर्ने निर्णय गरेका हुन् ।
केही दिन अघि मात्रै महिना बित्न नपाउँदै दोस्रो पटक सरकारले भाउ बढाएर पेट्रोल लिटरको १ सय ३० र डिजेल तथा मट्टितेल लिटरको १ सय ३ रुपैयाँ बनाएपछि विद्यार्थी संघ संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।
Comments