भदौ ३० ।  नेकपा–माओवादीका सचिब नेत्रविक्रम चन्द‘विप्लब’ ले आफूहरुलाई वेवास्ता गरेर चुनाव गराए भोटको ठाउँमा बम खस्ने चेतावनी दिएका छन् ।

नेकपा माओवादी निकट जनवर्गिय संगठनको संयुक्त प्रथम जिल्ला सम्मेलनलाई सन्धिखर्कमा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

संविधानसभा निर्वाचनको बहानामा जनता झुक्याउन खेजिएकाले यथास्थितीको निर्वाचनबिरुद्ध नेपाली जनता एकजुट भएर उत्रने उनको दाबी छ ।

म‌सिर ४ गते गर्ने भनिएको निर्बाचन नेपाली जनताको पक्षमा नभइ विदेशीको इसारामा गर्न थालिएको पनि उनले बताएका छन्

संविधान कस्तो लेखिने भन्ने अग्रिम सहमति भएमा र नेपाली जनता र राष्ट्रिय स्वाधिनताको संबिधान लेखिने ग्यारेन्टी भएमा नेकपा माओबादी पनि चुनावमा सामेल हुने उनको भनाई छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।