भदौ ३० । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी कान्छी बुहारिका रुपमा रहेकी बिना मगर घोषित संविधानसभाका लागि कञ्चनपुरबाट सभाषदमा सिफारिस भएकी छन् ।

प्रचण्डपुत्र प्रकाश दाहालले बिनालाई लिएर केही अगाडी बेपत्ता भएका थिए । त्यसपछि सार्वजनिक देखा परेका उनीहरु सँगै बस्दै आएपनि विवाह नै भने गरेका छैनन् ।

उनै अखिल क्रान्तिकारी केन्द्रीय सचिव समेत रहेकी मगरलाई कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट सिफारिस गरिएको कमाण्डर पोष्टले खबर छापेको छ ।

विद्यार्थी फाँटको नेता नेता भन्दै उनलाई सभाषदमा सिफारिस गरिएपनि समानुपातिक वा प्रत्यक्ष भन्नेबारे भने खुलाइएको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।