भदौ २९ । नेपाल राष्ट्रसेवा दलको प्रथम राष्ट्रिय भेला शुक्रबार सम्पन्न भएको छ ।
राजधानीको बनस्थली स्थित पार्टी कार्यालयको हलमा सम्पन्न भेलालाई उद्घाटन गर्दै पार्टी अध्यक्ष सुर्य वहादुर घिमिरेले एकीकृत नेकपा माओबादी, नेपाली काँग्रेस, नेकपा एमाले लगायत मधेषबादी दलहरुको अर्कमण्यताका कारण देशमा नयाँ पार्टीहरुको जन्मिएको बताए ।
उनले दन्द्ध पिडितहरुलाई भ¥याङ बनाएर राजनीतिकदलहरु सत्तामा हालीमुहाली गरिरहेको भन्दै दन्द्ध पिडितहरुको समस्या समाधानका लागि शान्ति सभ्झौतामा ६ महिना भित्र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने उल्लेख भएपनि अहिले सम्म नगर्नुले दलहरुले अव पनि आयोग गठन गर्छन् भन्ने विश्वास नभएको स्पस्ट पारे ।
अध्यक्ष घिमिरेले दन्द्ध पिडितहरुको समस्या समाधान नभए जस्तो सुकै संविधान बनेपनि त्यसले शान्ति प्रक्रियालाई पूर्णता दिन नसक्ने जिकिर गरे । उनले नेपाली जनताले अव नयाँ शक्तिको खोजि गरि रहेको भन्दै जनताले आशा गरेको जस्तो पार्टीका रुपमा नेपाल राष्ट्रसेवा दलको स्थापना भएको दाबी गरे ।
अध्यक्ष घिमिरेले २०६४ सालमा भएको संविधान सभामा सहभागी भएका सवै दलहरु असफल भइसकेको जिकिर गर्दै ती दलहरुले अव फेरी हुने संविधानसभाबाट पनि संविधान बनाउन नसक्ने दावी गरे । देशमा ठूला भनिएका दलहरुले अझै पनि आफ्नो गल्तीको मससुस गर्न नसकेको भन्दै अध्यक्ष घिमिरेले राष्ट्रिय राजनीतिलाई निकास दिनका लागि अव नयाँ दलहरु बिच मोर्चा बन्दी गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
अर्को एक प्रसंगमा अध्यक्ष घिमिरेले राष्ट्रपतीले बोलाएको सर्वदलिय बैठकमा नवगठित राजनीतिकदलहरुलाई उपेक्षा गरेको भन्दै आपत्ती समेत जनाए ।
भेलामा करिव ४५ जिल्लाका जिल्ला प्रतिनिधि, ५ क्षेत्रका क्षेत्रिय संयोजक र भातृसंगठनका नेता कायकर्ताको उपस्थिती रहेको थियो ।
भेला मंसिर ४ गतेका लागि तोकिएको संविधानसभाको चुनाव मा उमेद्वारी दिने प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उमेद्वारहरुको टुङगो लगाएको जनाइएको छ । कार्यक्रममा करिब एक दर्जन युवालाई पाटिमा प्रवेश गराइएको थियो । सो पार्टीमा बिशेषत द्धन्द्धका वेला जागिर छाडेका सेना, प्रहरी र दन्द्ध पिडित तथा भूतपूर्व राष्ट्रसेवक कर्मचारीहरुको संलग्नता रहेको छ ।
Comments