बुद्धको जन्म स्थानको भ्रामक प्रचारको बिरुद्ध प्रदर्शन

 भदौ २९ । भगवान सिद्धार्थ गौतम बुद्धको जन्म स्थानको  विषयलाई लिएर  भारतिय  एक  टेलिभिजनले  गएको भ्रामक प्रचारको बिरुद्ध आज  युवाहरुले काठमाडौमा प्रदर्शन गरेका छन् ।

 काठमाडौको  बसन्तपुरबाट सयौ  युवा समुहले बुद्ध बर्न इन नेपाल ,  आयो आयो गोर्खाली गौतम बुद्ध नेपाली, बुद्धको बारेमा गलत प्रचार गरेकोमा भारत बिरुद्ध  नारा लगाएका थिए ।

 भारतीय टेलीभिजन च्यानल जी टिभीले बुद्ध भारतमा जन्मिएको  भनेर नेपालमा जन्म  भएका गौतम बुद्धको बारेमा  पटक- पटक  यस्तो  कार्य भारत बाट  आएकाले  युवाहरुले  बिरोध शुरु गरेका हुन् ।
यसै गरी  भ्रामक प्रचार विरुद्ध भारतले माफी मागेर गल्ती नदोहो¥याउने  लिखित रुपमा नै  प्रतिवद्धता  आउनु पर्ने माग  गरेको छन् ।

 यस्तो भ्रामक प्रचार विरुद्ध युवाहरुले  आजै बाट हस्ताक्षर अभियान समेत चलाएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।