“न्याय नपाए गोर्खा जानु” भने जस्तै केहि बर्ष यता देखि संकटपूर्ण अभावको माहामारी झेल्न मन भए जाजरकोट जानु भनाईका रुपमा चिनीन थालेको छ जाजरकोट जिल्ला । दश बर्षे जनयुद्धको मारमा परेर झण्डै ३ सय ६८ जना मान्छेहरुले ज्यान गुमाउनु परेको जिल्ला । झाडापखालाको माहामारीवाट साँडी ३ सय मान्छेहरुको मृत्यू भएको जिल्ला । आँधीहुरी चल्दा झण्डै सवा १६ सय भेडा बाख्रा मरेको जिल्ला । खाद्ये संकट पर्ने जिल्ला । पिउने पानी र नुनको अभावमा रहेको जिल्ला । विद्युत अभाव भएको जिल्ला । बर्षादका कारण आएको बाडी पैरोवाट ठुलै ज्यूधनको क्षेति ब्यहोरेको जिल्ला ।
प्राचिन जाजरकोट जिल्ला आफैमा एउटा राज्यका रुपमा रहेता पनि आधुनिक नेपालका मान्छेहरुलाई जाजरकोट चिन्न मुस्किलै पर्छ यस्तो कुरा काठमान्डौंमा बस्ने धेरै जाजरकोटिहरुको मुखवाट सुन्न पाईन्छ । मेरो आफ्नै स्वर्गिय बज्यैले म सानै हुदा मलाई सुनाउदै भन्नुहुन्थ्यो २८ सालको ठुलो भोकमारीमा जाजरकोटका सबै बस्तिका मान्छेहरुले गिठा तरुल खाएर ज्यान जोगाउन मुस्किल परेकोे हो रे । २ हजार ५२ साल यता १० बर्ष सम्म पुलिस सेनाका लागि जाजरकोटको ढुङ्गा माटो पनि माओवादी हुन्थ्यो । जाजरकोटको सामान्य नागरिकले काठमाण्डौं नेपालगन्जको यात्रा गर्दा उ विभिन्न ठाउँको पुलिस आर्मिको चेकजाँचमा माओवादी हुन्थ्यो । उसले बोकेको झोला बमको झोला हुन्थ्यो र कतिले मर्नु पथ्र्यो त कतिले जेल जीवन बिताउनु पथ्र्यो । आफ्नो पोष्टको शुरक्षाका लागि डिउटीमा बसेका पुलिस सेनाहरुलाई विरालो र भैसी पनि माओवादी भएर गोलि चलाउदा भैसी र विरालो ठहरै भएको नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाहले एकपटक मसंगको छलफलमा बताए । उनले १० बर्षको युद्धमा सरकार र माओवादी दुबै पक्षको कार्वाहीवाट ३ सय ६८ जना मान्छेले ज्यान गुमाएको घटना सुनाउदै खलंगा गाविसको वडानं. ८ मा मात्र ६५ जना मान्छेहरु मारिएको विवरणको चर्चा पनि गरे ।
२ हजार ६६ सालको झाडापखालाको महामारीवाट झण्डै साडी ३ सय मान्छेहरुको मृत्यू हुदा देश देखि विदेश सम्म झाडापखाला लाग्ने जिल्लाको चिनारीका रुपमा दुखान्त परिचय दिन जाजरकोट बाध्य भएको अधिकांश जिल्ला बासीले चाखेको नमिठो स्वादमा भेटिन्छ । त्यस्तै अझ नमजाको दुखद घटना भन्नु पर्छ यस बर्ष पनि निकै ठुलो संकटपूर्ण अभावको माहामारीलाई यस जिल्लाले झेल्नु पर्यो । हुनत दार्चुला, गौरीकुण्डको आँखावाट हेर्दा यो कमै लाग्ला जलश्रोत र प्राकृतिक साधनश्रोतले यस जिल्ला सुसम्पन्न भएता पनि मानव विकास सुचाङ्कका हिसावले ७३ औं स्थानमा रहेको यस जिल्लामा अझै राज्यको ध्यान पुग्न सकेको छैन । यस जिल्लामा रहेको सम्भावनाहरुको उयोग गर्न जोड कस्ले दिने होला । यस्तै यस्तै खाल्का गुनासाहरु नपोख्ने मान्छेहरु कोहि पनि भेटिएका छैनन् । झन भन्दा यस बर्ष (७० साल) को आसार २ देखि ४ गते सम्म आएको अविरल बर्षा र चलेको आधिहुरीले चाखुरेको पाटनमा ७ सय ४६ वटा घोडा, ५३ वटा खच्चर, १ वटा गधा, ५५ वटा भैसी, ६० वटा गाई, ३ सय १४ वटा भेडा, ४ सय वटा बाख्रा गरि जम्मा १६ सय २९ वटा पशु चौपाय मर्दा यस जिल्लाका किसानहरुले ठुलो क्षेति ब्यहोर्नु परेको तथ्य जिल्ला पशु सेवा कार्यालय जाजरकोटले सार्वजनिक गरेको छ ।
धेरैको भनाईमा पाटननै दुरगन्धित भयो । काँग र गिद्धहरु धेरै मोटाए । जिल्लाको सदरमुकाम सहित ५ वटा ठाउँमा रहेको खाद्ये डिपोहरुमा तोकियको खाद्ये कोटाले नपुगेर जनता खाद्ये संकटमा परेको नेपाल खाद्ये संस्थान जाजरकोट शाखाले बताएको छ । खाद्ये डिपोमा पुगेर चामल नपाईएको गाउँमा रहेका डिपो आसपासका सर्वसाधारणहरुको गुनासाहरु पोखिने गरेका छन । गत बर्षको निर्धारित कोटा बिक्रि भएर सिद्धिएको र नयाँ टेण्डर नखोलिदा यसै बर्ष नुनको अभावलाई यस जिल्लका नागरिकहरुले झेल्नु पर्यो ।
टाडा–टाडा गाउँ देखि सदरमुकाम नुन लिन पुगेका सर्वसाधारणहरु नुन नपएर खाली हात पर्किनु परेको गुनासाहरुलाई पत्रपत्रिकाहरुले मात्र सुन्ने गरे । जिल्लाकै सदरमुकाममा खानेपानीका अभाव र विद्युत आपुर्ति नहुदा जिल्ला बासी र बाहिरवाट आएका अन्तर जिल्लाका नागरिकहरुले अघिल्लो बर्षको भन्दा बढी समस्या झेल्नु पर्यो । गत बैसाख महिनाको २६ गते सामाना परिवारले यस जिल्लाको सदरमुकाममा प्रस्तुत गरेको एक साँसकृतिक कार्यक्रममा सारङ्गीमा गित गाउदै गर्दा जाजरकोटमा खानेपानी अभाव र विद्युत आपुर्तिमा आफुले पाएको दःुखलाई मेरो सारङ्गीमा अर्को पटक जाजरकोट आउँदा पिउने पानी अभाव, विद्युत संकटका गितहरु गाईने छन भनेर रोल्पाका झनकार वुढा मगरले प्रतिबद्धता नै ब्यक्त गरे ।
यसै वर्ष जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार भुकम्पले ९ वटा, आगलागिले १ वटा, अविरल बर्षाले ८१ वटा घर क्षेति ग्रस्त भएका छन । पैरोमा परि मृत्यु हनेमा गर्खाकोट ३ का एकै घरका बाबु तिलु सिंह, छोरी देविका सिंह रहे । उनै मृतक तिलु सिंहकी श्रीमति पदमी सिंह, छोरा कृष्ण सिंह घाईते भए । उपचारको जिम्मा सरकारले नै लियो । पैरोले उनको घर भत्कदा १ वटा गाई र ५ वटा बाख्रा पनि मरे । पैरोमै परि बाल उच्च माध्यामिक विद्यालय झाप्राका प्रावि शिक्षक भद्र बहादुर वर घाईते हुदा उपचारमा लिदै गर्दा वाटोमै मृत्यू भयो । यसै बर्ष दशेरा र साल्मा गाविसको सिमानामा पर्ने फाल्मा खोलाले बगाएर बुवा भिम प्रशाद उपाध्याय छोरा कृष्ण उपाध्याय वेपत्ता हुदा बाबु भिम प्रशाद उपाध्यायको लास एक दिन पछि फेला पर्यो ।
सदरमुकाम खलंगा नजिकै खहरे खोलामा दिउसै ट्याक्टर पल्टिदा झण्डै ३÷४ सय मिटर ट्याक्टर तल खस्यो । ट्याक्टर चालक अच्युत शाही र खिम बहादुर टमटको मृत्यू भयो । शिद्धमान शाही र नैन बहादुर सिंह घाईते भए । बाडी पैरो जादा धेरै लामो समय सम्म छिन्चु जाजरकोट सडक खण्ड अवरुद्ध भयो । साङट जलविद्युत आयोजनाको कुलो भत्कीदा धेरै दिन सम्म सदरमुकाम अन्धकारमय भयो । यसै बर्ष लामो समय सम्म जिल्ला अस्पताल डाक्टर बिहिन अवस्थामा रहयो । फोटोः जाजरकोट खलंगाको दृश्य