काठमाडौं । सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

सोमबार छापावाल सुनको भाउ तोलाको ९२ हजार १०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने स्थिर नै रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँ कायम छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।