शुक्रबार सुन र चाँदी दुबैको भाउ सामान्य बढेको छ । यस दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ४०० रुपैयाँ तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ४०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै, शुक्रबार चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।