काठमाडौं । मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली भई प्रदेश १, बागमती, गण्डकी र सुदुर पाश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भैरहेको छ। देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेपनि प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेशसहित यी प्रदेशहरुमा शनिबार पनि भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आइतबार भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षापछि पहाडी भू-भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाअउन महाशाखाले अनुरोध गरेको छ ।