Tuesday, August 18, 2026
20.7 C
Kathmandu
Home मुख्य समाचार भारतीय सुरक्षा फौजको अमानवयीपूर्ण ज्यादतीः तुइनमा चढेका जयसिंहलाई यसरी भेलमा बगाएर भागे

भारतीय सुरक्षा फौजको अमानवयीपूर्ण ज्यादतीः तुइनमा चढेका जयसिंहलाई यसरी भेलमा बगाएर भागे

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी) अमानवयीपूर्ण हर्कत देखाउँदै तुइन चढेको अवस्थामा तुइन काटेर दार्चुलाका जयसिंह धामीको हत्या गरेका छन् । सदरमुकाम पुगेर बस चढी काठमाडौं र त्यहाँबाट विदेश जाने उद्देश्यले शुक्रबार बिहान दार्चुलाको व्यास–२ मालघाटमा जयसिंहसहित पुगेका थिए ।

त्यहाँ विगत २१ वर्षदेखि तुइन तार्ने काम गर्दै आएका कल्याणसिंह धामीले कान्तिपुरसँग भनेका छन्, ‘जयसिंह महाकाली तर्न जयसिंह तुइनमा झुन्डिए, उनी तुइनमा सर्कंदै थिए, उता एसएसबीले जवानले तुइनको लट्ठा फुस्काउन थाले,  उताबाट अचानक रूखको लट्ठा फुस्काउन थालेपछि हामीले होहल्ला गर्दागर्दै तुइन फुस्कियो, जयसिंह तारसहित खोलामा खसे र बेपत्ता भए, ।’

वारि काठको खम्बा र पारि रूखको हाँगामा लट्ठा बाँधिएको थियो । रूखमा बाँधिएको तुइन फुकाल्दा घटना भएको उनी बताउँछन् । भारतीय पक्षले भने आफ्नो बचाउ गर्दै तुइन चुढिएर जयसिंह भेल बगी मृत्यु हुनुमा आफूहरुको संलग्नता नरहेको प्रष्टिकरण दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।