भदौ २९ ।  सुनसरीको झुम्कास्थित क्षेत्रिय कारागारबाट सुरुङ खनेर फरार भएका विनय भनिने बिनायक यादवलाई सप्तरी प्रहरीले जिल्लाको गोबरगाढा गाविसबाट पक्राउ गरेको छ ।
सर्वसाधारणले दिएको सूचना आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी टोलीले २८ वर्षीय यादवलाई गोबरगाढा टापुमा भैंसी चराईरहेको अवस्थाबाट पक्राउ गरेको  कान्तिपुरमा  खबर छ ।
सुनसरीको सत्तेरझोरा ६ निवासी यादवले २०६४ सालमा सुनसरी प्रकाशपुर ६ का केशव कार्कीलाई गोली हानी हत्या गरेको थियो । सोही मुद्दामा २० वर्षको जेल सजाय भोग्ने क्रममा गतवर्षको २३ कार्तिकमा भारतीय तथा बंगलादेशी कुख्यात अपराधीहरुसँगै सुरुङ खनेर यादव पनि फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले यादवको बारेमा सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको र सोही अनुसार सूचना दिएको ब्यक्तिलाई उक्त पुरस्कार प्रदान गरिने सप्तरीका प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।