भदौ २८  सरकारले घोषण गरेको  मंसिर   ४ को संविधान सभाको चुनावलाई  बिषयमा  राष्ट्रपति डा रामबरण यादबले बोलाएको  सर्वदलिय  राष्ट्रपति कार्यलय  शीतल निवासमा सुरु भएको छ ।   बैठकमा  उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, एमाओवादी अध्यक्ष पुष्पकमल दहाल ( प्रचण्ड) ,एमाले अध्यक्ष झलनाथ  खनाल ,नेकपा माओवादी देब गुरुङ, सिपी गजुरेल   लगायत  सम्पुर्ण  राजनितिक   दलहरुका नेताहरु  सहभागी  भएका छन् ।

 राजनीतिक गतिरोधको निकासका लागी   संविधान सभाको चुनाव  छिट्टै  हुनु पर्ने  भन्दै राष्ट्रपति डा.
यादबले  बैठकमा  निर्वाचनको  बिषयमा   सबै राजनितिक दलको भुमिका  रहेकोले यसलाई सम्पन गर्न सवैलाई आग्रह  गरेको  बताइएको छ ।
 नेकपा माओवादीको  ११ बुदेँ मागलाई ४ बुदाँमा ल्याएर राष्ट्रपति समक्ष  राखेको  बुझिएको छ । यथास्थितिमा  चुनाबमा  नजाने  निर्णय गरेको   नेकपा माओवादी नेतृत्वको मोर्चालाई सहमतिमा  आउन सबै राजनितिक  दलले आग्रह  गरिएको  बताएको छ । राजनितिक पार्टि बिच भएको आपसी मनमुटाब र निर्वाचको  बिषयमा मध्यस्त कर्ताको  रुपमा राष्ट्रपतिले आज सर्वदलिय बैठक  गराएका  हुन । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।