बलिउडकी नायिका करीना कपुरले चलचित्र रावनको छम्मक छल्लो आइटम डान्समा लगाइएको साडी लिलाममा बिक्रि गर्ने भएकी छिन् ।करीनाले लन्डनमा रहेको सामाजिक अस्पतालको सहयोगार्थ उनले आफ्नो साडी बिक्रि गर्न लागेको बताएकी छिन् । यसका लागी करीना कपुर र उनका श्रीमान सैफ अली खान लन्डन जाने बताएका छन् ।
करिनाले चलचित्र ‘रावन’ मा छम्मक छल्लोको गितमा हिट भएपछि उक्त साडी लिलाम गरी अस्पतानलाई सहयोग गर्न लागेकी हुन।
उक्त साडी बाट आएको सबै रकम अस्पताल लाई हस्तातरण गर्ने भएकी हुन् ।
उक्त साडीमा करिना , सैफ र क्रिकेटर राहुल द्रविडको साईन पनि रहेको बताइएको छ ।
Comments






