काठमाडौं १६ मंसिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबाट पछि फर्किए आफूसहित एमाले अध्यक्ष केपी ओली नेताहरु नारायणकाजी श्रेष्ठ, माधव नेपालको राजनीतिक भविष्य सकिने बताएका छन् ।
ललितपुर क्षेत्र नम्बर तीनमा शनिबार आयोजित आमसभामा बोल्दै अध्यक्ष ओलीले नेतृत्वले पार्टी एकता गर्ने संकल्प गरेर अघि बढी सकेकाले पछि नफर्कने भन्दै पार्टी एकता हुन्न कि भनेर द्धिविधामा नपर्न आग्रह समेत गरे ।
अध्यक्ष प्रचण्डले  ललितपुर वामहरुको लालकिल्ला भएको भन्दै प्रतिनिधिसभातर्फ तीन नम्बरका उम्मेदवार पम्फा भुसालसहित सबै उम्मेदवारको जित सुनिश्चित भइसकेको समेत बताए ।
‘चितवनमा पनि तीन क्षेत्र छन् यहाँ पनि तीन क्षेत्र छन्, मैले नौंका नौं वाम नै वाम भन्ने गरेको छु, नौं क्षेत्रमा जित सुनिश्चित छ, तपाईहरु सबैलाई बधाई तथा शुभकामना ।’ उनले भने ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।