चलचित्रमा अर्की करिश्मा

शोभित बस्नेतले करिश्मा श्रेष्ठ नाम गरेकी एक युवतीलाई आफ्नो नयाँ चलचित्र
‘एउटा साथी’को नायिका बनाउने निर्णय गरेका छन्।

२८ औँ प्रोजेक्टमा आईपुग्दा
होम प्रोडक्सनबाट पहिलो पटक डाइरेक्टरका रूपमा पत्रकार लक्ष्मण सुवेदीलाई
डेब्यु गराउने घोषणा गरिसकेका बस्नेतले उक्त चलचित्रमा करिश्मालाई
भित्र्याउने निर्णय गरेका हुन्। १७ वर्षकी यी नयाँ करिश्मा भीएस निकेतनमा
बिजनेस स्टडीमा प्लस टु गरिरहेकी छिन् जो अभियनमा रुचि राख्छिन्।

‘करिश्माको परिवार बलिउड चलचित्र थ्री इडिएटसको थिम – छोराछोरीको इच्छा जे छ
त्योसँग परिवार सहमत हुने) बाट प्रभावित छ त्यसकारण उनको इच्छामा परिवार
पनि सहमत भएकाले राम्रो घरानाकी युवतीलाई इन्डस्ट्रीमा भित्र्याउने निर्णय
गरेको हुँ,’ बस्नेत भन्छन्। यो चलचित्रमा शोभित पुत्र सलोन तथा रिस्ता
बस्नेतका साथ करिश्मा समानान्तर भूमिकामा प्रस्तुत हुनेछिन्। – साप्ताहिकबाट


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।