वैद्य समुहलाई पाखा लगाए सूर्य ग्रहण लाग्छ : थापा

भदौ २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले चार दल र सरकारले वैद्य समुहलाई सहमतिमा लिएर जान सकेन भने सूर्य ग्रहण लागे जस्तै हुने बताएका छन् ।

बिराटनगर विमानस्थलमा विहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा-माओवादी लगायतका ३३ दललाई सहमतिमा नलिई गरिने संविधानसभाको चुनाववाट मुलुकले पूर्ण आकारको संविधान पाउन नसक्ने ठोकुवा गरे ।

सो अवसरमा उनले उनले कसैलाई पाखा लगाएर चुनाव गरे सूर्य ग्रहण लागेजस्तै भोलि बन्ने संविधान पनि सूर्यग्रहण लागेजस्तै बन्ने बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।