भदौ २७ । नेपालको पूर्वी क्षेत्रमा बिहीबार बिहान ४ दशमलव ५ रेक्टर स्केलनको भूकम्पको धक्का महसुस गरिएको छ ।

धनकुटा सदरमुकाम केन्द्रविन्दु भएर बिहान १० बजेर १४ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का धनकुटासहित पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, इलामसहित विराटनगर, धरान, इटहरी, विर्तामोड, उर्लाबारीमा महसुस गरिए पनि सानो स्केलको भूकम्प भएकाले खासै क्षति भने पुर्याएको छैन ।

केही दिन अगाडी पनि काठमाडौँ लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।