
निगमले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ विपरित २० प्रतिशतभन्दा बढी नाफा लिइरहेको छ । मंगलबार साँझ निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव जनार्दन नेपालको अध्यक्षतामा बसेको बैठकले ऐनविपरीत हवाई इन्धनमा निगमले नाफा राखेकोआजको अन्नपूर्ण पोस्टमा खबर छ ।
ऐनको दफा–३ मा अत्यावश्यक वस्तुमा २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाइने उल्लेख छ । यातायातमा प्रयोग हुने इन्धन अत्यावश्यक वस्तुमा पर्छ । यसरी बढी नाफा लिने व्यापारी वा संस्थालाई पाँच वर्षसम्म कैद गर्न सक्ने व्यवस्था ऐनमा छ ।
Comments