भदौं २६ ।  आठौ संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत सेमीफाइनलमा नेपालले पाएको  दुई पेनाल्टी  रोकेका अफगानिस्तानका गोलकिपर मन्सुर फगिरयारले २० हजार अमेरिकी डलर  पाउने भएका छन् ।

  गत आइतबार अफगानिस्तानविरुद्धको खेलमा नेपालले ८७ औ मिनेट पाएको बललाई उनले बचाउ  गरेका थिए।

पेनाल्टीलाई  रोकेका ले अफगानिस्तानका राष्ट्रपति हामिद कारजायीले अफगान गोलकिपर मन्सुर फगिरयारलाई उक्त  पुरस्कार दिने जनाएका हुन।

 नेपालले  हानेको  पहिलो पेनाल्टी रोकेका मन्सुरले रेफ्रिले फल दिएपछि  पुन: हानेको बल पनि उनले उत्कृष्ट बचाउ गरेका थिए ।

  यस खेलबाट अफगानिस्तान फाइलनमा पुगेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।