भदौ २७ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव अघि नै दुई माओवादी एक हुने अभिव्यक्ति दिएका छन् ।

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको पाचौं राष्ट्रिय सम्मेलनको बुधबार राजधानीमा उद्घाटन गर्दै उनले दुई माओवादीबीच एकताको विषयमा कुराकानी भईरहेको र चुनाव अघि नै एक हुने विश्वास व्यक्त गरे ।

नेकपा–माओवादी निर्वाचनमा नआए पनि फरक नपर्ने बरु उल्टै जनताबाट बहिष्कृत हुने भन्दै उनले माओवादी निर्वाचनमा आउनैपर्ने बताए ।

जनयुद्धको बलबाट ल्याएको परिवर्तन संस्थागत गर्न वैद्यजीहरू पनि सहमत भएकाले एकतामा आउने उनको भनाई छ ।

तर, नेकपा माओवादीले भने एमाओवादीसँग विचार नै फरक भईसकेकाले एकता सम्भव नरहेको बताउँदै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।