माओवादी चुनावमा आउने भए संविधान सभाको मिति सारिने : गच्छदार

भदौ २६ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले नेकपा–माओवादी चुनावमा आउने भए संविधान सभाको मिति  सारिने बताएका छन ।

आज धनगढीमा  भएको एक  साक्षत्कारमा  सञ्चारकर्मीहरुलाई  उनले  नेकपा माओवादी चुनाव  जाने निर्णय  गरेको खण्डमा मिती  सारीने बताएका हुन।

  नेकपा माआवादी  मंसिर ४ को  चुनाब  मिति  सारेर  चुनाबका लागी तत्परता  देखाएको खण्डमा  चुनाबको समय सारिने बताएका छन । यस बिषयमा उच्च स्तरीय राजनीतिक समितिमा  पनि  निरन्तर छलफल  भइरहेको बताएका छन ।

  जनताको  सुझाब  जान्नको लागी   चुनाव  एक मात्र बिकल्प  भएकोले  सम्पुर्ण राजनितिक  दल  संविधान सभाको चुनावलाई आउन  आग्रह  गरेका छन ।

उनले  मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी  २ सय निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव लड्ने बताएका थिए । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।