सुनको भाउ निरन्तर घट्दै

 भदौ २६ ।   केही समय पहिले निरन्तर बढिरहेको सुनको भाउँ केही दिन यता निरन्तर  रुपमा घटिरहेको छ ।

 आज  सुन तोलामा ६ सय घटेर ५७ हजार ५ सय रुपैयाँमा बेचबिखन  भइरहेको छ ।

 यसै गरी  हिजो  सुन तोलामा १२ सय रुपैयाँले घटेर ५८ हजार एक सय रुपैयाँ कारोबार  भएको थियो ।

 अन्तर्राष्ट्रिय बजारमा नै सुन सस्तिएकाले नेपालमा पनि  भाउ निरन्तर घटिरेहको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

 अन्तर्राष्ट्रिय रुपमा नै  सुनको कारोबारमा  निरन्तर  गिरावट आइरहेकोले अझै केही  दिन सम्म  सुन सस्तो हुदै जाने  अनुमान गरीएको छ । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।