बलिउडका सुप्रसिद्ध नायक रजनीकान्तको तमिल चलचित्र कोचदैयाको टेलर सार्वजनिक गरिएको छ ।

यस चलचित्रमा रजनीकान्तको छोरी सौन्दर्यअश्विनले निर्देशन गरेकी छन ।  चत्रचित्रमा आठौ शताब्दीका पन्डिया राजा कोचदैयाको कथामा आधारीत रहेको छ । यस चलचित्र  निर्माणमा मोशन क्याप्चर प्रबिधीको प्रयोग गरिएको निर्माण पक्षले जनाएको छ ।

यस फिल्ममा रजनीकान्तको साथमा बडिउडकी सफल नायिका दीपिका पादुकोण मुख्य भुमिका रहेको बताइएको छ । यस चलचित्रमा ओस्कार विजेता संगितकार ए आर रहमानले संगित दिएका छन ।

 यो चत्रचित्र तेलेगु, मलयालम, अंग्रेजी र हिंदी लगाएत १०  भाषामा  हेर्न सकिने छ । चत्रचित्र  कोचदैया रजनिकान्तको जन्मदिन डिसेम्बर १२ मा प्रर्दशनमा आउने भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।