भदौ २६ । नेकपा–माओवादीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतामाथि आघात थपेको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ ।

पार्टी प्रवक्ता पम्फा भुसालद्धारा जारी प्रेस विज्ञिप्तमा कर्मचारी सरकारले चाडबाडको मुखैमा एक महिनाभित्र पुनः तेलको मूल्य बढाएर जनतामाथि अर्को आघात थपेको उल्लेख गरिएको छ ।

माओवादीले मूल्यवृद्धिको विरोध गर्दै निर्णय तुरुन्त फिर्ता लिन माग समेत गरेको छ ।

यसअघि आज बिहान विभिन्न विद्यार्थी संगठनहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।