भदौ २६ । सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोकेको छ । तर, निर्वाचनका लागि गरिनुपर्ने कामहरु यति धेरै छन् की त्यो भनि साध्य छोइन ।

राजनीतिक दलहरुको आन्तरिक तयारी त छँदै छ । सरकारले मुख्यतया चुनावकै विरोध गरिरहेको ३३ दललाई कि त सहमतिमा ल्याएर निर्वाचन गराउनुपर्ने छ कि त उनीहरुको प्रतिरोधको सामना गरेरै भएपनि निर्वाचन गराउनुपर्ने मुख्य जिम्मेवारी छ । यस्तो अवस्थामा भईपरी आउने दुर्घटना पनि सरकारकै काँधमा हुनेछ ।

तर, अवस्थामा चुनावको संवेदनशील समयमा देश नछाड्न बढेको चौतर्फी दबाबलाई उपेक्षा गर्दै अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी राष्ट्रसंघीय महासभामा भाग लिन गएरै छाड्ने भएका छन् ।

यतिसम्म की बरु भ्रमण छोट्याउन उनी तयार भए तर प्रतिनिधिलाई पठाउन उनी तयार रहेनन् । यसले मंसिर ४ मा निर्वाचन नहुने स्पष्ट संकेत देखेर उनी देशका मुख्य कामहरुलाई बाईकट गर्दै विदेश जान लागेको राम्रो संकेत भने मिलेको छ ।

२०४८ को अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई चुनावी तयारीका कारण राष्ट्रसंघको महासभामा गएका थिएनन् । २०६४ मा पहिलो संविधानसभा निर्वाचन तयारीका बेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि न्यूयोर्क यात्रामा निस्किएनन् । उनले आफ्नो देशको प्रतिनिधि पठाए ।

पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले पदबाट राजिनामा गरेपछि सात महिना सम्म कामचलाउ सरकारको नेतृत्व गरेका बेला राष्ट्रसंघको महासभामा जाने कार्यक्रम रद्द गरेका थिए ।

अन्तर्राष्ट्रिय नेताहरुको जमघट हुने महासभामा जान राजनीतिक नेतृत्व इच्छुक हुने भएपनि कामचलाउ सरकार भएका बेला परराष्ट्रमन्त्री, सचिव वा न्यूयोर्कस्थित आवासिय प्रतिनिधिले नै देशको प्रतिनिधित्व गर्ने अभ्यास छ । तर यस्तो अवस्थामा चुनावी मन्त्रीपरिषदका अध्यक्ष नै विदेश जान लाग्नुले शंका र उपशंकालाई भने थप माथि उचालिदिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।