भदौ २५ । एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय बैठक आज बिहान बसेको छ ।
बैठकले नेकपा–माओवादी नेतृत्वको मोर्चालाई सहमतिमा ल्याउन अन्तिम प्रयास जारी राख्ने निर्णय गरेको छ ।
बैठकले चुनावी तयारीको विषयमा समीक्षा गर्दै चुनावी अभियान तीव्र बनाउने निर्णय समेत गरेको छ ।
बैठकले मंसिर ४ गतेको चुनाव कुनैपनि हालतमा सार्न नहुने पनि जनाएको छ ।
बैठकमा विभिन्न पार्टीबाट एमाओवादीमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने विषयमा पनि छलफल भएको बताइएको छ ।
Comments