महिना दिनमै दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

भदौ २६ । महिना दिनमै सरकारले दुई पटक पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले मंगलबार दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

यसअघि निगमले साउन २६ गते पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकोमा यो महिना दिन बित्न नपाउँदै दोस्रो पटक भाउ बढाएको हो ।

मंगलबार निगमले पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ वृद्धि गरेको छ । यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ ७ रुपैयाँ वृद्धि भएको छ । हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ र ग्याँसको भने मुल्यवृद्धि भएको छैन ।

यसअघि पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ मुल्यवृद्धि गरेको थियो ।

मंगलबार भएको मूल्य बृद्धिपछि बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३० रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको १ सय ३ पुगेको छ ।

लागत मूल्य बढेर निगमले घाटा थेग्न नसक्ने अवस्था आएको भन्दै मूल्य वृद्धि गरिएको निगमको भनाई छ ।

यसैबीच, मूल्यवृद्धिको विरोधमा बुधबार बिहान विद्यार्थी संघ/संगठनहरु आन्दोलित भएका छन् ।

राजधानीका विभिन्न कलेजहरु अगाडि मूल्यवृद्धिको बिरोधमा विद्यार्थीहरुले प्रदर्शन गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

Comments
spot_img

More like this

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा ८ साउनः ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...