भदौ २५ । प्रहरीलाई उजुरी दिएपछि छोरीमाथि जबरजस्ती बलात्कार गर्ने बाबु प्रहरी खोरमा पुगेका छन् ।
आफ्नै छोरीसँग जबरजस्ती यौन सम्बन्ध राख्दै आएका वीरगन्जका अकबर अली शेष पक्राउ परेका हुन् ।
१४ वर्षीय छोरीसँग विगत ४ महिनादेखि जवरजस्ती यौन सम्बन्ध राख्दै आएको बताइएको छ ।
कान्छी छोरीले बुबाले आफूमाथि यस्तो भएको भनेर आमासँग सुनाएकी थिइन् भने त्यसपछि जेठी छोरीले पनि आफूमाथि बुबाबाटै यौन शोषण हुने गरेको बताएकी थिइन् । त्यसपछि बालिकाकी आमा छोरीहरुका साथ प्रहरी समक्ष पुगेकी थिइन् ।
बाबु अकबरले आफूले बलात्कार नगरको दाबी गरेपनि ज्यान लिने धम्की दिएर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।
Comments