भदौ । दैनिक एक उडान गर्दै आएको संयुक्त अरब इमिरेट्सको राष्ट्रिय ध्वजावाहक इत्तिहाद एअरवेजले अबुधाबी-काठमाडौं उडान दोब्बर गर्ने भएको छ ।

व्यवसायिक र पर्यटन यात्रुको बढदो चापलाई ध्यान दिदै नोभेम्बर १ बाट उडान दोब्बर गर्न लागेको हो ।

दिनमा दुईपटक काठमाडौं─अबुधावी सेवाले नेपालीलाई मध्यपुर्व, युरोप र खाडी राष्ट्रबीचको सम्पर्क बढाउने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त अरब इमिरेट्स नेपालीको वैदेशिक रोजगारीको गन्तव्य पनि हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।