भदौ । राजधानीमा जारी साफ च्याम्पियनसिप अन्तर्गत आठौँ चरणको फाइनलमा भारत र अफगानिस्तानबीच आज भिडन्त हुँदैछ ।

राजधानीको दशरथ रंगशालामा सोमबार भएको सेमिफाइनलको खेलमा भारतले माल्दिम्सलाई १-० ले पराजित गर्दै फाइनल यात्रा तय गर्यो भने आइतबार अफगानिस्तानले नेपाललाई १-० गोलले नै स्तम्भ पार्दै फाइनल यात्रा सुरक्षित गरेको हो ।

यसअघि माल्दिभ्सले श्रीलंका र भुटानसँग साफकै सबैभन्दा बढी गोल गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । तर भारतसँग भने कप्तान सुनिल क्षेत्री नखेलेको खेलमा पनि गोल गर्न असमर्थ भयो । यसअघि दुई खेलमा ऐऐलो कार्ड पाएकाले सोमबारको खेलमा भारतका स्टाइकर सुनिल क्षेत्री अनुपस्थित भएका थिए ।

उता, आइतबार भएको अफगानिस्तानसँगको नेपालको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै पनि हार बेहारेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।