दिप बहादुर घर्ति/जाजरकोट
भदौ २४ । सदरमुकाम खलंगाम एक समुहको चक्कु लठ्ठी प्रहारवाट दुई जना युवा घाइते भएका छन । अध्यारोमा आइतबार साँझ चक्कु लठ्ठी प्रहार गरी उनीहरुलाई घाइते बनाइएको हो ।

आक्रमणमा परि घाइते हुनेमा खलंगा १ का विग्गी विक्रम शाह र सुबोध केसी राष्ट्रिय यूवा जनस्वयमसेवक नगर कमिटिका सदस्य भएको राष्ट्रिय यूवा जनस्वयमसेवक जाजरकोटका उपाध्यक्ष बल बहादुर मल्लले बताए ।
चक्कु र लठ्ठि प्रहार गर्ने मध्ये कृष्ण शाह, रमेश चन्द, लोकेन्द्र चन्द र फनेन्द्र सुनारको समुह रहेको राष्ट्रिय युवा जनस्वयमसेवकका नगर अध्यक्ष विवश विक्रम शाहले बताए ।

विवशले उक्त ब्यक्तिहरु नेपाली कांग्रेसको संरक्षणमा रहेका छन भने घाईते अबस्थामा रहेका विग्गी विक्रम शाह र सुवोध केसीको अबस्था गम्भिर भएको हुदा उपचारको लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

उक्त घटनाको घोर भत्सर्ण गर्दै आज राष्ट्रिय युवा जनस्वयमसेवक जाजरकोटले एक विज्ञप्ती सार्वजनिक गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।